खानीखोला– सामाजिक सेवमा समर्पित रक्षा नेपाल नामक गैरसरकारी संस्थाले खानीखोला सरकारलाई सिलाई कटाई मेशिन र शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बुधबार रक्षा नेपाका कार्यक्रम संयोजक दुर्गा पाण्डेले एक समारोहका बीच गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलाई सो सामाग्रीह? हस्तान्तरण गरेका हुन् ।
महिला, वालबालिकाको क्षेत्रमा २० वर्षदेखि काम गर्दै आएका सो संस्थाले खानीखोला गाउँपालिकाको वालबालिकाको शिक्षा र महिलाह?लाई आत्मनिर्भर बनाउन शिप विकास र शैक्षिक क्षेत्रमा सहयोग गर्न लागेको समाजसेवी फूलमाया थिङले जानकारी दिए । सोही अनुसार गाउँपालिका भित्रका १४ जना वालबालिकालाई संस्थाले यो वर्षदेखि पढाउन थालेको थिङले बताए ।
महिलाह?लाई आर्थिक ?पमा आत्मनिर्भर बनाउन सिलाइकटाइ सम्बन्धी शिप सिकाउन लागेको उनले जानकारी दिए ।
सो कार्यक्रममा अध्यक्ष थिङलाई पाण्डेले अन्सार सिलाइ मेशिन ३० थान, फलामको कपडा कैची ३० थान, विद्यार्थीको लागि ब्याग १ सय थान, कपि १ सय थान हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा पालिका अध्यक्ष थिङ, रक्षा नेपालका कार्यक्रम संयोजक पाण्डे, वडा नं. २ का वडा अध्यक्ष निशान मोक्तान, वडा नं. ३ का वडा अध्यक्ष सागर जिम्बा, वडा नं. ६ का वडा अध्यक्ष बृहस्पति घिसिङ लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















