राेशी– काभ्रे जिल्लाकाे राेशी गाउँपालिकाले भुकम्प प्रभावित जिल्लालाई आर्थिक सहयाेग गरेकाे छ । गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले साे निर्णय गरेको अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन् ।
बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पमा मृत्यु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय समेत गरेको अध्यक्ष लामाले बताए । लामाका अनुसार बैठकले भूकम्प प्रभावित जिल्लाहरुमा सहयोग स्वरुप गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. १ लाख, सम्पूर्ण जनप्रतिनिधिहरुको १५ दिनको सेवा सुविधा बराबरको रकम रु. ३ लाख ६७ हजार २ सय ५०, अधिकृतस्तरका कर्मचारीहरुको २ दिनको तलब र सहायकस्तरका कर्मचारीहरुको १ दिनको तलब बराबरको रकम रु.२ लाख ०७ हजार १ सय ८६ गरी कुल जम्मा रकम रु. ६ लाख ७४ हजार ४ सय ३६ सहयोग गर्ने निर्णय गरेको छ ।
साे रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















