बनेपा– काभ्रे जिल्लामा मोटर साइकल चोरी गर्ने २ जना र कपडा चोरी गर्ने २ जना गरी ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

मोटर साइकल चोरीको आरोपमा पक्राउ पर्नेहरुमा महाभारत गा.पा. ७ बस्ने बर्ष २९ को सुनिल घलान र बर्ष २० को मनोज घलान रहेको छन् । प्रहरीका अनुसार उनीहरुलाई गत कार्तिक १६ गते रातको समयमा करिब ११:३० बजेको समयमा हेल्मेट हातमा बोकी हिडिरहेको अवस्थामा संकास्पद ब्यक्ति देखी सोधपुछ तथा अनुसन्धान गर्दा निजहरु मोटरसाइकल चोरीमा संलग्न रहेको पाइएको बताएको थियो ।

उनीहरुले बनेपा नगरपालिका वडा नं. ८ बस्ने लाल बहादुर लामाको सडक छेउमा पार्किङ गरी राखेको मोटर साइकलको हेल्मेट चोरी गरी हिडेको बुझिए पश्चात निजहरुलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धानको क्रममा उनीहरुले मिति २०८०।०७।१६ गते बनेपा न.पा.१० बस्ने सुदिप रायमाझीले राती ८ बजेको समयमा बनेपा न.पा. ९ नयाँ बस्ति स्थित सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा.प्र.३-०२-००८ प २६१८ नं.२२० सि.सि. को पल्सर मोटरसाइकल,  मिति २०८०।०७।१० गते  पाँचखाल न.पा.-६ बस्ने मधु कुमार श्रेष्ठले साँझ ६:३० बजेको समयमा बनेपा न.पा.७ स्थित तरकारी बजार स्थित सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा. ७० प ४२७९ नं. को २२० सि.सि. को पल्सर मो.सा. हेलमेट र मिति २०८०।०५।२७ गते बनेपा न.पा. वडा नं. १ बस्ने जनार्दन थापाले बनेपा न.पा. ३ काशिभञ्ज्याङ्ग स्थित सडक किनारामा पार्किङ गरि राखेको अबस्थाबाट साँझ ६:३० बजेको समयमा बा.प्र.-०२-०३७ प २९६६ न.को १५० सि.सि.को मोटरसाइकल चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

चोरी गरेको मोटरसाइकल फेला पारी ल्याईएको र चोरीमा संलग्न घलानद्वयलाई  काभ्रे जिल्ला अदालतबाट चोरी सम्वन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

चोरीको सामान सहित मानिस पक्राउ

यसैबीच कपडा चोरी गरेको आरोमा २ जना महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दोलखा जिल्ला साबिक भि.न.पा. वडा नं. ०७ बस्ने वर्ष ६३ की दुर्गा बि.क. र निजकै बुहारी वर्ष ३५ की बिनिता बि.क. रहेका छन् ।

सासुबुहरी मिलेर जेष्ठ १८ गतेका दिन बनेपा न.पा. वडा नं. ०७ स्थित सकुन्तला श्रेष्ठले संचालन गर्दै आएको जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसलबाट कपडा चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुले पसलमा रहेको कपडाहरू हेरी झुक्यानमा पारी पसलमा रहेको कुर्ता सुरूवाल, टप्स लगायतका कपडाहरू चोरी गरेको आरोपमा  मगलबार साँझ ६ बजेको समयमा बनेपा न.पा. वडा नं. ०९  बाट पक्राउ गरी काभ्रे जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट कुर्ता सुरुवाल १६ सेट र सिंगल टप्स- ६ थान बरामत गरेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।