बेथानचाोक– काभ्रे जिल्लाकाे बेथानचोक गाउँपालिकाले दीपावलीमा घर सजावटका लागि प्लाष्टिकजन्य सजावटका सामग्रीको प्रयोग नगर्न गाउँपालिकाबासीलाई आग्रह गरेको छ । गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ दाहालले विहिबार एक सूचना जारी गर्दै यस्ताे आग्रह गरेको हुन् ।

सूचनामा गाउँपालिका क्षेत्रभित्र घर, पसलहरु सजाउनको निम्ति प्रयोग हुने प्लाष्टिकको विभिन्न फूलमाला तथा सजावटका सामानहरु किनबेच बढ्दै गएकोप्रति गाउँपालिकाको ध्यानाकर्षण भएको भन्दै यस्ता प्लाष्टिकजन्य सजावटका सामान बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्नु वातावरणमैत्री कार्य समेत हुने भएकाले प्लाष्टिकजन्य फूलमाला तथा सजावटका सामग्री प्रयोग नगरी खेतबारीमा फूलेका सयपत्री लगायतका फूलहरुको प्रयोग गर्न गाउँपालिकाबासीलाई आग्रह गरेको छ ।

यस्तो छ सूचना

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला