मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नवनिर्मत प्रशासनीक भवनको प्राङ्गनमा रहेको मनमती देवी मन्दिर पुनःनिर्माण कार्य शुरु भएको छ । विहिबार नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाल र वडा नम्बर ७ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले संयुक्त रुपमा नवनिर्मित मन्दिरको शिलान्यास गरेसँगै पुनःनिर्माण कार्य शुरु भएको हो ।

स्थानीय दनुवार समुदायले पूजा गर्दै आएको सो मन्दिर स्थानान्तरण गर्ने निर्णय भएपछि विवाद भएको थियो । नगरपालिका अनुसार केही व्यक्तिहरुले आफ्नो स्वार्थ पूरा गर्नका लागि बाधा र्सिजना गरेको भएपनि मन्दिर उपभोग गर्ने दनुवार समुदायसँगको पूर्व सहमति अनुसार नै मन्दिर निर्माण हुन लागेको हो ।

शिलान्यास गर्दै नगर प्रमुख वाइबाले मन्दिर स्थानीय दनुवार समुदायसँग यसअघि भएको सहमति अनुसार नै निर्माण हुने बताए । विकास निर्माणमा अवरोध भन्दा पनि समाधान सहित अघि बढ्नु अहिलेको आवश्यकता हो भन्ने कुराको उदाहरण स्थानीय समुदायले प्रस्तुत गरेकोमा वाइबाले सबैलाई धन्यवाद समेत दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।