धुलिखेल– काभ्रेबाट गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बनेपा नगरपालिका ९ घर भई हाल क्यानाडा बस्दै आएका श्याम कृष्ण डंगोललाई गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गरेर शुरु भएको हो ।
बिहिवार काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले डंगाेललाई काभ्रेबाट पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले हस्ताक्षर गरेको गैर आवासीय नागरिकतालाई प्रजिअ शर्मालेनै हस्तान्तरण डंगोललाई हस्तान्तरण गरेको थियाे ।
गैर आवासीय नागरिकता लिदै डंगोलले लामो समयपछिको गैर आवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको बताउँदै आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काभ्रेप्रति हार्दिक आभार समेत प्रकट गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















