फोटोः अर्पण उत्कर्ष

उर्पन उत्कर्ष

चाैंरीदेउराली– काभ्रे जिल्लाकाे चौरिदेउराली गाउँपालिकाद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ सिल्डकपको आयोजना सङ्गै आयोजित दोस्रो मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी वडा नं -२ स्थित श्री खाँडादेबी माबिले नेतृत्व गरेको समुहले हात पारेको छ । गत बर्ष बाट सुरुवात गरेको प्रतियोगिताको पहिलो बिजेता सृजनशिल जनता माबि रहेको थियो भने उपबिजेता वडा नं १, २ र ३ बाट संयुक्त रुपमा बनेको समूह थियो ।

यस बर्ष भने प्रत्येक वडाबाट उच्चतम कक्षा संचालन हुने बिद्यालयले नेतृत्व गरेर प्रतियोगितामा गाउँपालिका भरिका आठ वटा वडाहरु सहभागी भएका थिए र जहाँ वडा नं -१ सानोबांथलीबाट सुर्योदय माध्यामिक बिद्यालय वडा नं -२ बाट खाँडादेबी मा बि, वडा नं -३ बाट बुद्ध हिमालय मावि, वडा नं -४ बाट सरस्वती माबी, वडा नं -५ बाट जागृती माबी, वडा नं -६ बाट प्रभा मा बि, वडा नं- ७ बाट सृजनशिल जनता माबी र वडा नं-९ बाट भुमेस्थान मा बि ले वडा भरिका अन्य बिद्यालयहरुको नेतृत्व गरेर सहभागी भएका थिए ।

दुई समुह बनाई लिग चरणमा संचालन गरेको उक्त प्रतियोगितामा समुह A अर्थात ए पोलमा प्रभा, जागृती, सृजनशिल र खांडादेबी माबी रहेका थिए भने समूह B अर्थात बि पोलमा सुर्योदय ,बुद्ध हिमालय,सरस्वरी र भुमेस्थान माबी रहेको थियो ।

समूह चरणको पहिलो खेलमा सृजनशिल जनता माबी सँग २–१ अंकले पराजित भएको खाँडादेबी मा बी सोही समुहकै प्रभा मा बि र जागृती मा बी लाई सोझो सेटमा पराजित गर्दै ३–३ अंक लिई जम्मा ७ अंकको साथमा समुह बिजेता बनेका थिए भने सृजनशिल जनता माबिले खाँडादेबी माबी सङ्ग २ अंक र प्रभा माबी सङ्ग ३ अंक जोड्दै समुह उपबिजेता बनेका थिए । बि पोल अन्तर्गत सुर्योदय माबी समूह बिजेता र बुद्ध हिमालय माबी समुह उपबिजेता बनेर सेमिफाइनलमा प्रबेस गरेकोमा अन्तिम क्वाटर फाइनल पुन सृजनशिल जनता मा बि र खाँडादेबी मा बि बिचमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलका बिच क्रमश खाँडादेबी माबिले २ र सृजनशिल जनता माबिले १ अंक जोड्दै खाँडादेबी मा बि ले नेतृत्व गरेको वडा नँ -२ नाग्रे गगर्चे ,गाँउपालिका स्तरिय दोस्रो मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको बिजेता बन्न सफल भयो भने वडा नं -७ सृजनशिल जनता मा िद्वतिय र सुर्योदय मा बि वडा नं १ सानो बांथलि तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

साथै खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागडी नगर पालिका नुनथला स्थाई ठेगाना भएका हाल सृजनशिल जनता मा बि मा अध्यापनरत सामाजिक बिषयको शिक्षक नवीन किशोर राई प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडिको रुपमा घोषित भए भने कैलाली धनगडी उपमहानगरपालिका स्थाई ठेगाना भएका हाल खाँडादेबी मा बि मा अध्यापनरत मा बि द्दितिय अंग्रेजी बिषयको शिक्षक सुरेन्द्र सिँ धामी प्रतियोगिता भरिकै उत्कृष्ट स्पाइकर बन्न सफल भएको छ ।

जागृती माबिको खेलकुद मैदानमा आज सम्पन उक्त प्रतियोगिताको एक कार्यक्रमको बिच गाँउपालिकाको अध्यक्ष रेणुका चौलागाई प्रमुख प्रशासकिय अधिकृत महदास लामा , प्रवक्ता धन बहादुर लामा सहित अन्य जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यलका इन्चार्ज, पत्रकार स्वास्थ्यकर्मीहरु माझ ट्रफी ,मेडल , प्रमाणपत्र र नगद पुरस्कार राशी सहित प्रथम द्वितिय र तृतिय हुने बिद्यालय हरुलाई पुरस्कार बितरण र धन्यबाद ज्ञापन गर्दै समापन गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।