महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)काे यो पटकको भाइटीकामा पनि जनताको सेवा गरेरै दिन वित्यो । दाजुभाई र दिदीबहिनीको प्रगढ सम्बन्ध देखाउने दिन भाइटिकाको दिनमा समेत अध्यक्ष जिम्बा जनताकै सेवामा लागरिहे ।

भाइटीकाको दिन आफ्नो गाउँपालिकाको एक सुत्केरीको उद्धार गर्नमा जिम्बा व्यस्थ थिए । सार्वजनिक विदा होस् या कुनै चाडबाड होस् जनताको सेवमा आफूलाई पूरै समर्पित गर्दै आएका अध्यक्ष जिम्बाले वडा नं. ६ निवासी पंकच माफीको २७ वर्षिय श्रीमती इश्वरी माझीको बुधबार हेलिकोप्टर मार्फत उद्धार गरेका छन् ।

भाइटिकाकै दिन बनखु स्वास्थ्य चौकीमा रहेको वर्थिङ सेन्टरमा माझी भर्ना भएको थियो । अध्यक्ष जिम्बाका अनुसार भर्ना भएका माझीको स्वास्थ्य चेकजाँच गर्दा सो वर्थिङ सेन्टरमा सुत्केरी गराउन नसक्ने अवस्था भएपछि रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निशुल्क हेलि एम्बुलेन्सको लागि जिम्बाले पहल शुरु गरी हाले । पहल पश्चात माझीकाे हेलिकाेप्टर  मार्फत उद्वार गरिएको थियो ।

उनको काठमाडौं स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारको लागि लगिएको थियो । माझीको शल्यक्रिया मार्फत छोरोको जन्म भएको र आमा छोरोको स्वास्थ्य सामान्य रहेको श्रीमान माझीले बताएका छन् ।

अध्यक्ष जिम्बाले उद्धारमा संलग्न सबैलाई धन्यवाद दिएका छन् । ‘तिहारको भाइटीकाको दिन अर्थात सार्बजनिक बिदामा पनि निशुल्क उद्धार कार्यमा महत्त्वपूर्ण सहयोग गर्नु हुने प्रमुख जिल्ला अधिकारी ज्यु, महिला बाल बालिका मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय नेपाली सेना र महाभारत गाउँपालिकाको रेस्क्यु टिम सबैलाई धन्यवाद ।’ उनले भनेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।