नमोबुद्ध– काभ्रे जिल्लाको नमाबुद्ध नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । नगरको वरिष्ठ शाखा अधिकृत विनोद रसाइलीले एक सूचना जारै गर्दै सोको जानकारी दिएको हो ।

जारी सूचना अनुसार आगामी मंसिर ७ गते विहिबारका दिन नगर सभाहलमा सो सार्वजनिक कार्यक्रम हुनेब ताइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा आ.ब. २०७९÷८० मा सम्पन्न गरेका कार्यक्रम र योजनाको प्रगति, आ. ब. २०८०।८१ को स्वीकृत वार्षिक नगर विकास योजना (नीति, कार्यक्रम बजेट) लगायत नगरपालिकाबाट हुने सेवा प्रवाहकोबारेमा सार्जजनिक गरिने सूचनामा उल्लखे छ ।

सूचनामा भनिएको छ, ‘नमोबुद्ध नगरपालिकाले आ.ब. २०७९÷८० मा सम्पन्न गरेका कार्यक्रम र योजनाको प्रगति, आ. ब. २०८०।८१ को स्वीकृत वार्षिक नगर विकास योजना (नीति, कार्यक्रम बजेट) लगायत नगरपालिकाबाट हुने सेवा प्रवाहका सम्बन्धमा निम्न मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई आयोजना गरिएको हुँदा यस नगरपालिकाका सम्पूर्ण नागरिक, सामाजिक संघ संस्था, सरोकारवाला तथा सेवाग्राहीहरुको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।