बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ८ स्थित टेलिकम चोकमा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार आज साँझ ७ बजेको समयमा धुलीखेलबाट साँगा तर्फ आउदै गरेको बीएबी ०८९३ नं.को हाईलक्सले बाटो क्रस गर्न लागेको प्र.३–०२–०११ प ३५१० नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाईते भएको थियो ।

दुर्घट्नामा परी घाइते हुनेमा काठमाडौं महानगरपालिका वडा नं. ९ बस्ने वर्ष ५० को पारसमणि भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भट्टराईलाई उपचारको लागि सिरमेमोरीयल अस्पताल बनेपा पठाइएको थियो । उनको बाँया तिग्रा, टाउकोमा चोट लागेको छ ।

मोटरसाइकललाई ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।