पाँचखाल– काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं. ४ स्थित आठचालिस किलोमा भएको सवारी दुर्घट्नामा २ जना घाइते भएको छ । आज साँझ ५ः१५ बजे भएको सो दुर्घट्नामा एकजना गम्भिर घाइते भएका छन् भने अर्को एकजना सामान्य घाइते भएका छन् ।
जिरो किलोबाट दोलालघाट तर्फ जादै गरेको बा.प्र.०२–०४५ प ५४९७ नं. को स्कुटरलाई विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको निलो आईचर गाडीले ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर चालक जिल्ला काठमाण्डौ सिनामंगल बस्ने बर्ष ३४ को राजु घलेको निधार, दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ भने उनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । त्यसै गरि सोही स्कुटरमा सवार काठमाण्डौ महा नगरपापालिका वडा नं. १४ बस्ने बर्ष ३४ को रमेश ढुङगानाको दाहिने हात र दाहिने खुट्टामा चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।
यसैबीच ठक्कर दिने गाडी फरार रहेको हुँदा प्रहरीले खोजीकार्य जारी रहेको बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















