चौंरीदेउराली– काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले कृषि औजार तथा यन्त्र उपकरण अनुदानमा वितरण गर्ने भएको छ । पालिका अध्यक्ष रेणुका चौंलागाईंले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा व्यवस्था गरे अनुसार सो सामाग्री वितरण गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामालेले एक सूचना जारी गर्दै आफूलाई आवश्यक भएको सामाग्री माग गर्न ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, फर्महरूलाई अनुरोध गरेका छन् ।

सूचनामा भनिएको छ, ‘यस चौरीदेउराली गाउँपालिकाको आ।व। २०८०÷०८१ को कृषि औजार तथा अन्य उपकरण अनुदान कार्यक्रम संचालन गर्नुपर्ने भएकले ईच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, फर्महरूले तपसिल बमोजिमका कागजात सहित सूचना प्रकाशन भएको मितिले ३० दिन (२०८०।०९।०५) भित्र आफूलाई आवश्यक पर्ने कृषि यन्त्र उपकरणहरुको माग यस कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीक लागि यो सूचना प्रकाशित गरिएको छ।’

यी हुन् सामाग्री माग गर्दा पेश गर्नुपर्ने कागजातहरूः

१. आवश्यक रहेको कृषि यन्त्र माग निवेदन ।
२. निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
३. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ।
४. संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि र पुरानो संस्थाको हकमा नवीकरण गरेको
५. निर्णयको प्रतिलिपि ।
६. गत आ.व. सम्म कर बुझाएको प्रमाणको प्रतिलिपी ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।