काभ्रे जिल्लाकाे भुम्लु गाउँपालिका वडा नं. ८ स्थित एक घरबाट काैडा खेलिरहेका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार विहिवार राती ९ बजे काैडा र नगद सहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले कस्काे घरमा कौडा खेलेकाे हाे भन्ने चाहिं खुलाएको छैन । काैडा खेलिरहेकाे भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट टोलि खटि गई खानतलासि गर्दा कौडा खेल्ने खालबाट नगद र कौडा सहित उनीहरु पक्राउ परेका थिए ।

उनीहरुकाे साथबाट नेपाली रुपैँया १२,३८५(बाह्र हजार तिन सय पच्यासि) बरामद भएको र कौडा खेल्ने ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई शरिर खानतलासि गर्दा सबैको साथमा जम्मा भएको नेपाली रुपैँया ६७ हजार ९० रुपैयाँ गरी जम्मा ७९ हजार ४ सय ७५ रुपैयाँ र कौडा एक सेट बरामत गरिएकाे प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन भने उनीहरुलाई तत्काल जिल्ला प्रहरी कार्यालय, काभ्रेमा ल्याई अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।