रोशी– कभ्रे जिल्लाको रोशी गाउँपालिकाले पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल गरेकाे छ । शुक्रबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमकाबीच छलफल भएको हाे ।
छलफलमा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले कृषि र पर्यटन बिकासविना समृद्ध रोशी निर्माण गर्न नसकिने बताउँदै रोशीको ‘नीति पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ अघि बढेको बताए । ‘नीति पर्यटन र कृषि’ भन्ने नीतिलाई साकार पार्नको लागि गुरुयोजना तयार पार्न लागेको र योजनाबद्ध रुपमा रोशीको पर्यटन बिकासको लागि गुरुयोजना तयार पार्न लागेको उनले बताए । उनले योजना मात्र बनाउने काम भन्दा पनि कार्यान्वयन हुने खालको गुरुयोजना तयार पारेर पर्यटनको बिकासमा लाग्ने प्रतिबद्धता जनाए ।
रोशीको जनताको आर्थिक बिकास हुनेखालको पर्यटन बिकासका लागि गुरुयोजना तयार पार्ने अध्यक्ष लामाले बताए ।
गुरुयोजना तयार पार्नको लागि नेपाल इन्टिग्रेटेड डेभ्लपमेन्ट प्रा.लि.ले परामर्श दाताको जिम्मेवारी पाएको छ । सो कार्यक्रममा विज्ञहरुद्वारा प्रस्तुतीकरण पनि दिएका थिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमूख प्रशासकीय अधिकृत राम बहादुर तामाङ गाउँपालिकाका प्रवक्ता वसन्त कुमार लामा, वडाध्यक्षहरु, गाउँपालिकाका शाखा प्रमूखहरु काएयपालिका सदस्यहरू लगायतको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















