बनेपा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेकाे ९ औं पूर्ण बैठक सम्पन्न भएको छ । शनिवार पार्टी कार्यालय बनेपामा जिल्ला अध्यक्ष बसुन्धारा हुमागाईंको अध्यक्षतामा सम्पन्न बैठकले ८ निर्णय गरेको सचिवालय सदस्य पासाङ डोल्माे लामाले जानकारी दिएको छ ।
बैठकले पौष मसन्तसम्ममा अधिवेशन गर्न बाँकी वडाहरु अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको लामाले बताए । ‘काभ्रे जिल्लाका १३५ वटा बाहरु मध्ये ११७ वटा वडाहरुमा बडा कमिटी गठन भएकोमा संगठन सुदृढिकरण अभियानको क्रममा ४८ वटा वडाको वडा अधिवेशन सम्पन्न भएको छ ।’ उनले भने, ‘६९ वटा वडाको वडा अधिवेशन तथा १८ वटा वडामा वडा कमिटी गठन सहित ८ वटा वडाको पार्टी कमिटी निर्माण तथा वडा अधिवेशन गर्न बाँकी रहेकोले उक्त कार्य २०८० पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेकाे छ ।’
यी हुन् बैठकले गरेको निर्णयहरुः
१) काभ्रे जिल्लाका १३५ वटा बाहरु मध्ये ११७ वटा वडाहरुमा बडा कमिटी गठन भएकोमा संगठन सुदृढिकरण अभियानको क्रममा ४८ वटा वडाको वडा अधिवेशन सम्पन्न भएको र ६९ वटा वडाको वडा अधिवेशन तथा १८ वटा वडामा वडा कमिटी गठन सहित ८ वटा वडाको पार्टी कमिटी निर्माण तथा वडा अधिवेशन गर्न बाँकी रहेकोले उक्त कार्य २०८० पौष मसान्तभित्र सम्पन्न गर्ने ।
२) काभ्रे जिल्लाका १३ वटै स्थानीय तहमा नगर तथा गाउ पालिका कमिटी गठन भैसकेकोमा धुलिखेल नगर कमिटीको मात्रै नगर अधिवेशन सम्पन्न भएकोले बाँकी १२ वटा नगर तथा गाउँ पालिका कमिटीको अधिवेशन माघ मसान्त भित्र सम्पन्न गर्ने ।
३) जिल्ला अधिवेशन गर्न बाँकी जनवर्गीय, पेशागत तथा सामुदायीक सगठनहरुको जिल्ला अधिवेशन माघ मसान्तभित्र सम्पन्न गर्न गठन गर्न बाँकी जिल्ला जनसंगठनहरुको जिल्ला कमिटी सोही मितिभित्र गठन गरिसक्ने ।
४) जिल्ला कमिटीको २००९ फागुन ६ गते सम्पन्न साती पूर्ण बैठकको निर्णय बमोजिम २००० जेष्ठमा आयोजना गर्ने भनिएको तथा २०६० भदौ १६ गतेको सचिवालय बैठकले २०८० मंसिर २९ र ३० गते सम्पन्न गर्नेगरी पुनतालिका गरेको जिल्ला अधिवेशन मातहत कमिटीहरुका अधिवेशन सम्पन्न नभएको कारण आयोजना गर्न नसकिने भएकोले काभ्रे जिल्ला कमिटीको दशौ जिल्ला अधिवेशन आगाम २०६० फाल्गुन २५ र २६ गते बनेपामा आयोजना गर्ने ।
(५) पार्टी सदस्यता वितरण र नविकरण गर्ने कार्य निरन्तर रूपमा रहन सक्छ तर जिल्ला अधिवेशन तथा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको प्रकृयामा सहभागी हुन भने माघ मसान्तभित्र नवीकरण र वितर भई फल्गुन ५ गतेभित्र प्रमाणीकरणको लागि केन्द्रीय सङ्गठन विभागमा पठाइएका सदस्यहरूले मात्र पाइने प्रावधान रहेकोले उक्त कुरालाई मध्यनजर गर्दै पार्टीको संगठित सदस्यता नविकरण तथा वितरण २००० माघ मसान्त भित्र सम्पन्न गरी प्रमाणिकरणको लागि केन्द्रिय संगठन विभागमा पठाउने ।
६) जिल्ला अधिवेशन तथा मातहत कमिटीका अधिवेशन र सदस्यता विस्तार, नविकरण त्यसको अभिलेखिकरण लगायत कामको चापलाई मध्यनजर गर्दै जिल्ला पार्टी कार्यालयमा १ जना कर्मचारीको व्यवस्था गर्ने।
७) जिल्ला कमिटी तथा मातहतका कमिटीहरु र जनवर्गिय संगठनमा आवद्ध संपूर्ण कमरेडहरुको सदस्यता नविकरण जिल्ला पार्टी कार्यालयमा २०५० मंसिर मसान्तभित्र गरिसक्ने ।
८) २०८० मंसिर १६ गते सबै गाँउ तथा नगरपालिका कमिटी र जनवर्गिय संगठनका जिल्ला कमिटीहरुको पूर्ण बैठक बसी अधिवेशन केन्द्रीत कार्ययोजना बनाई वडा कमिटी गठन, पुनर्गठन तथा अधिवेशन गर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















