महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले आफ्नो पालिकामा भइरहेको केन्द्रीय विद्युत् लाइनको कामको स्थलगत निरीक्षण गरेका छन् । एक टोली सहित पुगेका अध्यक्ष जिम्बाले नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रको ग्रिड सोलार एण्ड ईफिसियन्सी आयोजनाले गाउँपालिकामा गरिरहेको कामको स्थलगत निरिक्षण गरेका हुन् ।

सो टोलीले गाउँपालिको वडा नम्बर ५, ६, ७, ८, १ र २ मा भैरहेको विद्युतिकारणको कामको स्थलगत निरीक्षण गरेको १ नं. वडा अध्यक्ष कान्छामान जिम्बा (रोहीत)ले जानकारी दिए । निरिक्षण गर्न पुगेका गाउँपालिका अध्यक्ष जिम्बाले गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा केन्द्रीय विद्युत् लाइनको कार्य सम्पन्न उन्मुख रहेको, वडा नम्बर ६ र ७ मा १ महिना भित्र सम्पन्न गर्ने र बाँकी १, २ र ८ नम्बर वडामा यहि आर्थिक बर्ष ०८०।०८१ भित्रमा काम सम्पन्न गर्ने योजना रहेको जानकारी दिए । उनले उज्यालो महाभारतको यात्रामा एक पछि अर्को खुट्किलो पार गर्दै अघि बढेको बताए ।

‘हामी निरन्तर परिणाम मुखी प्रयासमै छौ हाम्रो प्रयात्न सफलताको बिन्दु तर्फ अघि बड्दैछ । यस्ले पक्कै समृद्धि महाभारतको यात्रालाई महत्त्वपूर्ण योगदान गर्नेछ र यसमा यहाँहरु साथ सहयोग र प्रेरणाले गर्दा हाम्रो जोस जाँगारमा पनि कमि भएको छैन ।’ उनले भने, ‘फलस्वरूप उज्यालो महाभारतको यात्रा एक पछि अर्को खुट्किला पार हुँदै अघि बड्दै छ,निर्माण भैरहेको विद्युतिकारणको स्थलगत निरीक्षणमा छौं । हामीलाई बिश्वास छ कि यहाँहरुको सहयोगले मात्रै यो कार्यलाई सफलताको बिन्दुमा पुग्नेछ । त्यसैले यो कार्य सफल गराउने हामी सबैको दायित्व हो, हामी सबै मिलि सफल पारौं ।”  जिम्बाका अनुसार महाभारतमा विद्युतीकरणको कार्य तीब्र गतिमा भइरहेको बताए ।

महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकाका लागि तत्कालीन सरकारले रु १ अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो । तत्कालीन अवस्थामा बनखुमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विद्युतीकरणका लागि मागपत्र पेश गरेको थियो । सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो । रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप रु ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा र्पुयाइएको महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले बताए।

महाभारत गाउँपालिकामा तीन हजार तीन सय घरधुरी छन्। विद्युत केन्द्रीय लाइन पुगेपछि महाभारतको तीन हजार तीन सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन्।सबै घरमा बिजुली, खानेपानी र्पुयाउने गरी कार्य भइरहेको गाउँपालिका अध्यक्ष जिम्बाले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।