नमाेबुद्ध– काभ्रे जिल्लाकाे नमाेबुद्ध नगरपालिका वडा नं. २ सेल्फीडाँडा स्थित विपि राजमार्गमा गुडिरहेकाे निशान किक्स कारमा अचानक आगलागि भएको छ । प्रहरी चौकी भकुण्डेबेसीका अनुसार आइतवार राती ११ बजेको समयमा सोलुबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र. ३- ०१-०२४ च २५२१ नं. को साे कारमा आगलागी भएको हाे ।
कारमा अचानक आगलागि भएको खबर प्रहरी चौकी भकुण्डेबेसीमा प्राप्त हुनसाथ यस चौकीबाट प्र.ना.नि. राम प्रगास यादवकाो कमाण्डमा घट्नास्थलमा पुगेको थियाे । ट्राफिक सहितको टोली पुगी करिब १२ बजे उक्त आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । साे घट्नाबाट कार पूर्णरुपमा जलि क्षति भए पनि मानविय क्षती भने नभएको प्रहरीले जनाएकाे छ ।
कारमा सवार सोलुखुम्बु ठुलुङदुधकोसी गा.पा. बस्ने बर्ष २७ को चुणामणि राईको नागरिकता र पासपोर्ट समेत जलि नष्ठ भएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















