भुम्लु– काभ्रे जिल्ललाकाे भुम्लु गाउँपालिका वडा नं. ५ सल्ले स्थित एक गाेठमा आगलागी भएको छ । आज भएको आगलागीबाट गाेठ पूर्णरुपमा नष्ट भएको छ भने एउटा भैंसी सख्त घाइते भएको सल्ले प्रहरी चौकीले जनाएको छ ।

आगलागी दिलिप राज पराजुलीको गोठमा भएको थियाे । गाेठमा आगलागी भएपछि स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त टाेलीले आगो नियन्त्रणमा लिलएको थियाे ।

यसैबीच पराजुलीकाे गोठमा आगलागी भएको खबर पाउन साथ वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल घट्नास्थलमा पुगेका छन् । मन्त्री लम्सालले आगोलागी पीडित पराजुलीको परिवारसँग भेटेर सान्त्वना दिएका छन् । मन्त्री लम्सालले पीडित घर परिवारलाई नआत्तिन आग्रह गर्दै समयमै आगो नियन्त्रणमा लिएर थप क्षति हुनबाट जोगाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय बासिन्दा र सुरक्षाकर्मीलाई धन्यवाद समेत दिए । साथै उनले क्षतिपूर्तिको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत जाहे गरे ।

आगोलागीबाट गोठको माथिल्लो भाग पूर्णरुपमा जलेर नष्ट भएको छ भने एउटा भैँसी घाईते भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।