धुलिखेल- काभ्रे जिल्लाको धुलिखेल न.पा. ११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा एक्कासी आगलागी भएको छ । अस्थायी प्रहरी चौकी काभ्रे भन्ज्याङका अनुसार आज बिहान ३:५० बजेको समयमा सो घरमा आगलागी भएको हो ।

धिमालको ढुङगा, माटो र जस्ताले छाएको ३ तल्ले घरमा अचानक आगलागि भएकोभन्ने खबर प्राप्त हुनसाथ तत्काल प्र.ना.नि. दामोदर ओझाको कमाण्डमा गएको टोलि, स्थानीय र धुलिखेल नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

उक्त घर नजिकै रहेको जस्ताको छाना र जस्ताले बारेको गोठमा समेत आगलागि भएको प्रहरीले जनाएको छ । सो घरमा मानिस बस्ने नगरेको अन्नपात मात्र राख्ने गरेकोले मानबिय तथा चौपाया क्षति नभएको प्रहरीले बताएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।