धुलिखेल– काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ८, जिपलाईन नजिकै अरनिको राजमार्गमा सवारी दुर्घट्ना हुँदा दुईजना गम्भिर घाइते भएका छन् । आज विहान ७ः३० बजेको समयमा धुलिखेलबाट खावा तर्फ आउदै गरेको लु ६५ प ३९७५ नं. को मो.सा. लाई सोही दिशा आउदै गरेको ना ३ ख ७६७९ नं. को टेलर गाडिले पछाडिबाट ठक्कर दिँदा माेटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।
प्रहरी चाैकी खावाका अनुसार घाइतेहरुमा माेटरसाइकल चालक काठमाण्डौ बौद्ध बस्ने बर्ष ५२ को ब्यास कार्की र चालकको छोरी अं. बर्ष २३ की सिर्जना कार्की रहेका छन् । माेटरसाइकल चालक ब्यासकाे हात खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ भने उनको छाेरी सिर्जनाको भने दाहिने खुटा र हातमा चोट लागेकाे र अवस्था गम्भिर रहेको प्रहरीले जनाएकाे छ । घाइते दुवैजनाकाे धुलिखेल अस्पतालमा उपचार भइरहेकाे छ भने दुवै सवारी साधन र टेलर चालक नियन्त्रणमा लिएको ५ ।
यसैबीच पाँचखालमा मोटरसाइकल दुर्घटनामा मृत्युु भएका पनौती -१२का रुपक खत्रीको आज १० बजे पोस्टमार्टम हुने र भालेश्वर घाटमा अन्तेष्टि गरिने जानकारी प्राप्त आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















