मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर–८ धाईटारमा रहेको श्री भवानी आधारभूत विद्यालय आफ्नो गौरवमय ५१ औं बार्षिकोत्सव सम्पन्न भएको छ । कार्यक्रम ८ नं. वडा अध्यक्ष निरञ्जन बिष्टको प्रमुख आतिथ्यतामा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र सापकोटाको अध्यक्षमा सम्पनन भएको हो ।

यसैबीच वार्षिकोत्सवको अवसरमा विद्यालयका संस्थापक अध्यक्ष हरिप्रसाद पौडेलको छोरा केशव पौडेल, पूर्व अध्यक्ष गोपिकृष्ण पौडेल, पूर्व अध्यक्ष देवनारायण पौडेलको धर्मपत्नी दुधकुमारी पौडेल, भवदत्त सापकोटा, अच्युतप्रसाद पौडेल, रामहरि पौडेल, भोलानाथ पौडेललाई सम्मान गरिएको थियो ।

त्यसैगरि विद्यालयमा शिक्षण कार्यमा संम्लग्न रहनु भएको प्रअ तथा प्रशासक सोमनाथ सापकोटा, शंकर खड्का र खड्गप्रसाद सापकोटालाई सोही अवसर सम्मान गरिएको थियो । त्यस्तै, भरत बिष्ट, राममणि नेपाल, पारस काफ्ले, स्व पुरुषोत्तम नेपाल,बालकृष्ण चौलागाई, उमा प्रसास उप्रेती, शंकर बहादुर खड्का, ईश्वरी पौडेल, जानुका पौडेल कश्यपप्रसाद पौडेल, भिमप्रसाद पौडेल, खड्गप्रसाद सापकोटा, गोमा भट्टराई, मिरा सापकोटा, अञ्जना ढुंगाना, निर्मला श्रेष्ठ, रामहरि नेपाल र ईन्दिरा बुढाथोकीलाई सम्मान गरियो ।

विद्यार्थीलाई जुत्ता र मोजा वितरण

आफूले कखरा सिकेको विद्यालयका विद्यार्थीलाई पढाईमा सहज होस् भन्ने हेतूले दाउरा चुल्हो रेष्टुरेन्ट भक्तपुर पलासँेका प्रोपाईटर बिष्णुप्रसाद सापकोटाले सबै विद्यार्थीका लागि छालाको जुत्ता र मोजा उपलब्ध गराएका छन् ।

गोरखापत्र दैनिकमा कार्यरत सोही विद्यालयका पूर्व विद्यार्थी केशवराज पौडेलसँग समन्वय र सहजीकरण गर्दै सामाग्री बुधबार उनले विद्यालयको प्रअलाई हस्तान्तरण गर्नुभयो ।
सामाजिक सेवामा दिलोज्यान दिएर लाग्ने सापकोटाले आफूले आम्दानी गरेको रकमबाट सामाजिक सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताए । उनले सोही विद्यालयबाट कक्षा ५ सम्मको शिक्षा हासिल गरेका थिए ।

कार्यक्रममा विद्यालयका पूर्व प्रअ सोमनाथ सापकोटा, समाजसेवी अनिल सापकोटा, पूर्व शिक्षक तथा गाविसका अध्यक्ष भरत बिष्ट, कार्यपालिकाका सदस्य विकास राई लगायतकाले मन्तव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।