खानीखाेला- काभ्रेको खानीखोला गाउँपालिका १ दायागाउँमा एमाले पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेहरुमा नेकपा एमालेका ज्ञन बहादुर गोले, हिराकाजी भुलन, धन बहादुर घिसिङ, विमला भुजेल, शुरविर भुलन, धन बहादुर भुलन, सन्त बहादुर सिंतान, सिङन बहादुर वाइबा, जगत बहादुर थिङ र सुक बहादुर वाइबा लगायतका रहेका छन् ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका सचिव इन्द्र बहादुर थिङ (छिन्ताङ)ले टिका लगाएर माओवादी केन्द्रमा स्वागत गर्नुभएको हो । नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका १ नं. वडा कमिटिको तेस्रो वडा सम्मेलनमा उनिहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सचिव छिन्ताङ विषेश अतिथि नारायण बाँनिया, काभ्रे जिल्ला समन्वय समिति सदस्य देवान सिं लामा, निमा लामा (विरेन) र सन्चमान थिङ लगायतको उपस्थिति रहेका छन् ।

धन बहादुर थिङको सभापतित्वमा भएको कार्यक्रम कबिन्द्र लोप्चनले संचालन गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।