तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को ३ वटा वडा सम्मेलन सम्पन्न भएको छ । शनिवार वडा नं. २, वडा नं. ४ र वडा नं. ९ को सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनले वडा नं. ९ मा जगतलाल तामाङको अध्यक्षतामा २९ सदस्यीय, वडा नं. २ मा प्रेमबहादुर तामाङको अध्यक्षतामा २९ सदस्यीय र वडा नं. ४ मा १९ सदस्यीय वडा समिति चयन गरेको छ ।
९ नं. वडा कमिटीको सम्मेलनबाट उपाध्यक्षमा महेशकुमार तामाङ, सचिवमा कान्छा लामा, सह–सचिवमा रोशन लामा, कोषाध्यक्षमा विन्दुमाया जिम्बा चयन भएका छन् भने सदस्यहरुमा ङेमादोर्जे थोकर, पेम्बादोर्जे लामा, विरपल तामाङ, श्याम तामाङ, ज्ञानबहादुर तामाङ, विपिरानी तामाङ, कुमार तामाङ, दावा घिसिङ, कमला विक, जोकराज ब्लोन, शुशिला तामाङ, टेकबहादुर मगर, चन्द्रकुमार दोङ, अक्कलबहादुर तामाङ, पेमा लामा, मानबहादुर तामाङ, असली माया तामाङ, हस्तबहादुर ब्लोन, सागर तामाङ दोङ, राजु लामा, कान्छाराम तामाङ, रामबहादुर लामा, पाल्साङ लामा, दावा लामा निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरि वडा नं. ४ को सम्मेलनबाट उपाध्यक्षमा सञ्चवीर तामाङ, धनबहादुर लामा, धनबहादुर तामाङ, कोषाध्यक्षमा सेतुमाया लामा, सचिवमा सार्कीमान तामाङ, सह–सचिवमा धर्मध्वज लामा चयन भएका छन् । सदस्यहरुमा निङमार तामाङ, कान्छा तामाङ, माइली तामाङ, कुमारी तामाङ, कविता नेपाली, तेर्साङ लामा, टीकाराम लामा, चमेली तामाङ, तिर्थ तामाङ र पासाङ तामाङ चयन भएका छन् ।
यसैबीच वडा नं. ९ मा केन्द्रिय सदस्य शंकर दुलालको प्रमुख आतिथ्यतामा, वडा नं. २ मा जिल्ला संयोजक भोला अर्यालको प्रमुख आतिथ्यतामा र वडा नं. ४ मा वागमती प्रदेश सचिवालय सदस्य डिएम थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















