तेमाल- नेकपा माओवादी केन्द्र तेमाल गाउँपालिका वडा नं ६ काे दाेस्राे वडा सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न सम्मेलनले जीतबहादुर लाकाकाे अध्यक्षतामा २३ सदस्यीय नयाँ वडा समिति चयन भएकाे छ ।
पार्टीको केन्द्रीय सदस्य शकर दुलालकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलन उपाध्यक्षमा कर्साङ तामाङ, सचिवमा राज तामाङ, सह-सचिवमा साङगे तामाङ र कोषाध्यक्षमा प्रशान्त तामाङ निर्विराेध निर्वाचित भएका छन् । यसैबीच सदस्यहरुमा लक्ष्मी तामाङ, असुनी माया तामाङ, मन्जु तामाङ, अनिल राना, सन्चर बहादुर तामाङ, लाल वीर तामाङ, धनेन्द्र कुमार दोङ, धनलाल तामाङ, सोमरानी तामाङ, साम्देनदोर्जे तामाङ, नरबहादुर शिवभक्ति, सानुमाया तामाङ, रेशम बहादुर थापा, शेरबहादुर तामाङ, ज्ञान बहादुर तामाङ ,अर्चना तामाङ, मैयाँ बिक रहेका छन् ।
निवर्तमान अध्यक्ष शैलेन्द्रकुमार लामाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा तेमाल गाउँपालिका इन्चार्ज तथा जननिर्वाचित गाउँपालिका उपाध्यक्ष डिएम थाेकर, जिल्ला सदस्य तथा पालिका उपाध्यक्ष ग्याम्जाे थाेकर, अखिल नेपाल शिक्षक संगठनका वागमती प्रदेश सदस्य ढुवाङदाेर्जे लामा लगायतका सहभागी थियाे । कार्यक्रमकाे सञ्चालन निवर्तमान सचिव पासाङ लामाले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















