तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं ७ काे दाेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हस्तबहादुर तामाङकाे अध्यक्षतामा १७ सदस्यीय वडा समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा दिपचन्द्र तामाङ, सचिवमा सपना तामाङ, सह-सचिवमा मिलन तामाङ र कोषाध्यक्षमा निर्वेश तामाङ निर्विराेध निर्वाचित भएका छन् । यसैबीच सदस्यहरुमा सुरेश ठकुरी, तेजबहादुर ठकुरी, तेमाल सिं तामाङ, बैस्या तामाङ, लवाङ तामाङ, कान्छाराम तामाङ, गणेशमान तामाङ, सुन्दर तामाङ, राजेश बिक, समीर मोक्तान र संसार तामाङ चयन भएका छन् ।
जिल्ला संयाेजक भाेला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा गाउँपालिका अध्यक्ष लालध्वज तामाङ समीर, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सचिव दुधराज तामाङ, पालिका सह-सचिव धनबहादुर तामाङ लगायतका सहभागी थियाे । कार्यक्रम सञ्चालन अनिक लामाले गरेका थिए भने लक्पा लामाकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















