राेशी– काभ्रे जिल्लाकाे रोशी गाउँपालिकाका वडा नं ६ को वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आइतबार बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामा, पुर्व मन्त्री रहेका नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले संयुक्त रुपमा वडा कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका उपप्,रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, रोशी गाउपालिकाका पुर्व उपाध्यक्ष लक्ष्मी बर्तौला लगायत सहभागी थियाे ।

यससँगै गाउँपालिकाको १२ वटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएकाे छ । वडा नं ५ र ८ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा दिन समेत शुरु गरिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार, वडा नं ५ को भवनमा फिनिसिङको काम बाँकी छ भने वडा नं ८ को भवन निर्माण सम्पन्न भइसकेको छ । यी बाहेक अन्य सबै वडाले आफ्नै भवनबाट सेवा दिइरहेको तामाङले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिसंंगको लागत साझेदारीमा ५८ लाखको लागतमा भवन र घेराबार सम्पन्न भएको हो । स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाखको लागतमा दुई तले भवनको पहिलो तला सम्पन्न भएको थियो ।

स्थानीय तहको निर्वाचन २०७९ पछि दोस्रो तलाको वाल, कार्यालय घेराबारको लागि पुनः लागत साझेदारीमा २८ लाखको लागतमा काम सम्पन्न भएको हो ।

जग्गादाताहरु स्व टेक बहादुर तामाङ, रत्न बहादुर तामाङ, मान बहादुर तामाङ, स्व. राम बहादुर तामाङ, धन बहादुर तामाङ, ज्ञान बहादुर तामाङले उपलब्ध गराएको जग्गामा वडा कार्यालय भवन बनेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।