भुम्लु– काभ्रे जिल्लाकाे भुम्लु गाउँपालिका–१० दोलालघाटमा ५ वर्षीया बालिकाकाे पाेखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–६ घर भई हाल भुम्लु गाउँपालिका– १० दोलालघाट स्थित व्यापार गरि बस्ने बुद्धराम खड्गीको छोरी अंन्दाजी बर्ष ५ की रोजिना खड्गी रहेकी छिन् ।

राेजिना खेल्ने क्रममा ईन्द्रावती खोला नजिकै रहेको पानी जमेको पोखरीमा ढुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दोलालघाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारकाे लागि धुलिखेल सामुदायिक अस्पतामा ल्याएको थियाे ।  धुलिखेल अस्पताल ल्याइएपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियाे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।