तेमाल- काभ्रे जिल्लाकाे तेमाल गाउँपालिका वडा नं २ फुलडाँडाका आगलागी पिडित आसमान तामाङलाई गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले राहत सामाग्री वितरण गरेका छन् । विहिबार आगलागी पिडित तामाङलाई घट्नास्थलमा भेट्ने क्रममा छिटाेभन्दा छिटो राहत उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।

आगलागी पिडितलाई राहत हस्तान्तरणको लागि गाउँपालिका अध्यक्ष तामाङका साथमा वडा नं. ३ का वडा अध्यक्ष विष्णु बहादुर तामाङ समेत पुगेका थिए ।

पिडित तामाङलाई अध्यक्ष तामाङले ५० किलो चामल , १५ किलो दाल, ३ वटा डस्ना, २ वटा सिरक, ३ वटा ब्ल्यान्केट, ४ वटा सिरानी, ५ किलो चिनी, एक बाकस खाने तेल र ४ किलो मसला वितरण गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।