वागमती– नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशमा चितवान पहिलो भएको छ भने काभ्रे दोस्रो भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत चितवनले ६ सय ४२ वटा टोल कमिटी निर्माण गरेर पहिलो र काभ्रेले ४ सय २८ वटा टोल कमिटी निर्माण गरेर दोस्रो भएको छ ।
प्रदेश सचिवालयका अनुसार अयिभानको क्रममा वागमती प्रदेशमा ३ हजार ५ सय १३ वटा टोल कमिटी गठन भएको छ । वागमती प्रदेश सचिवालयको प्रतिवेदन अनुसार प्रदेशका १३ वटा जिल्लामध्ये सबैभन्दा कम भक्तपुरमा जम्मा १३ वटा टोल कमिटी निर्माण भएको छ ।
सचिवालयका अनुसार सिन्धुलीमा ३५४, ललितपुर ११५, काठमाडौँ २७५, काभ्रे ४३८, दोलखा ३२, धादिङ ३६९, नुवाकोटमा २२३, रसुवामा ४९, मकवानपुर ४३१, रामेछाप २१५ र सिन्धुपाल्चोकमा ३१३ वटा टोल कमिटी गठन भएको छ ।
यसैबीच अभियान अन्तर्गत १३ जिल्लामा १५२ वटा भेला भएको छ । जसमध्ये सिन्धुलीमा १०, ललितपुरमा ९, काठमाडौँमा ४९, काभ्रेमा ३०, दोलखामा ८, नुवाकोटमा १७, भक्तपुरमा ६, रामेछापमा १० र सिन्धुपाल्चोकमा १५ वटा भेला भएको सचिवालयले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















