मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १४ औं अधिवेशन सम्पन्न भएको छ । चालु आर्थिक वर्षको हिउँदे अधिवेशनको रुपमा लिइने सो पहिलो पटक आफ्नै सभाहलमा शुक्रबार सम्पन्न भएको हो ।

अधिवेशनमाको शुरुको दिन नगर प्रमुख टोकबहादुर वाइबाले ७ वटा प्रस्ताव छलफलको लागि पेश गरेको छ । छलफलको लागि आगामी माघ १४ गतेसम्मको लागि समय दिएको ८ नं. वडा अध्यक्ष निरन्जन विष्ट (दिप)ले जानकारी दिएका छन् ।

प्रस्ताव माथि छलफल सकेपछि अर्को बैठक माघ १५ गते बस्ने गरि स्थगित भरिएको वडा अध्यक्ष विष्टले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।