बनेपा– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रे जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालयमा सम्पन्न बैठकले आगामी फागुण २६ र २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले जिल्ला अधिवेशनलाई केन्दृत गरेर सबै पालिकाहरुको बैठक बस्ने निर्णय गरेको जिल्ला उपसचिव यसु लामाले जानकारी दिए । उपसचिव लामाका अनुसार जिल्लाको १ सय ३५ वटै वडामा जिल्ला अधिवेशन केन्द्रिय बैठक सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ ।
जिल्ला अधिवेशन सम्बन्धी महत्वपूर्ण निर्णयहरु भने अधिवेशन अघि बस्ने आगामी बैठकले गर्ने उनले बताए ।
जिल्ला अध्यक्ष बासुन्धरा हुमागाईको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधर, बाग्मती प्रदेश अध्यक्ष साबित्रा भुसाल केन्द्रीय सदस्यहरु शिव बहादुर देउजा, कृष्ण प्रसाद सापकोटा, टोक बहादुर वाइवा, बिदुर सापकोटा, लक्ष्मण लम्साल, जिल्ला उपाध्यक्ष दिपक गौतम, सचिव गोकुल गौतम, उपसचिव यसु लामा लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















