तेमाल– नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजिवी संगठन तेमाल गाउापालिका कमिटीले काभ्रे जिल्ला पार्टी कार्यालय निर्माणको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ३५ हजार रुपैयाँ नगद रकम जिल्ला संयोजक भोला अर्याललाई हस्तान्तरण गरेको हो ।
सोही अवसरमा तेमाल गाउँपालिका अन्तर्गत सबै वडा सम्मेलनबाट निर्वाचित वडा कमिटी अध्यक्षहरुलाई स्वागत तथा बधाई समेत दिएको थियो ।
जिल्ला संयोजक भोला अर्यालयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल बुद्धिजीवि संगठनका वागमती प्रदेश सचिव भरत गौतम, पार्टीको वागमती प्रदेश कमिटी सचिवालय सदस्य दलमान थोकर, पालिका अध्यक्ष लालध्वज तामाङ, उपाध्यक्ष डिलबहाबदुर थोकर, कोषाध्यक्ष पुष्पलाल तामाङ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका वागमती प्रदेश सदस्य लक्ष्मी मोक्तान, पालिका इन्चार्ज अनिक लामा, संगठनको जिल्ला अध्यक्ष चन्द्रप्रसाद मैनाली लगायतका सहभागी थियो । कार्यक्रम पालिका अध्यक्ष अक्कल तामाङले सञ्चालन गरेको थियो भने स्वागत ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य सहचन्द्र तामाङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















