धुलिखेल- काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ डिप्सा स्थित बिपि राजमार्गमा ट्याक्सीले कारलाई ठक्कर दिँदा ११ जना गाइते भएका छन । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार दिउँसो ३:३० बजेको समयमा काठमाण्डौबाट मंगलटार तर्फ जादै गरेको BAB2925 नं को कारलाई बिपरित दिशा मंगलटारबाट धुलिखेल तर्फ आउदै गरेको बा २ ज ३९४३ न.को ट्याक्सि ले ठक्कर दिएको थियो ।

दुर्घटनामा घाईते भएकाहरुको उपचार मेथिनकोट अस्पताल भकुण्डे र धुलिखेल अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा महोत्तरी जिल्लाबर्दिबास न.पा.१ बस्ने बर्ष ४१ को कार चालक मदन ब.तामाङ, सो कारमा सवार काठमाण्डौ जिल्ला सुकेधारा बस्ने बर्ष३७ कि सर्मिला तामाङ र निजकै छोरा बर्ष १२ को निकेश तामाङ, निजकै छोरी बर्ष ६ कि एन्जल तामाङ, ट्याक्सिमा चालक काभ्रे जिल्ला चौरिदेउराली ग.पा.५ बस्ने बर्ष ३६ को मनिज तिवारी, बर्ष ३० को लक्ष्मण तिवारी, निजकै छोरा बर्ष ११ को आयुष तिवारी, सोही स्थान बस्ने बर्ष २४ को सुमन गौतम, बर्ष १७ को पवन तिवारी, बर्ष २३ दिपेन्द्र गौतम, बर्ष २२ को सुनिल तिवारी रहेका छन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।