बनेपा- काभ्रे जिल्लाकाे बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादे निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा अध्यक्ष बादेलाई निलम्बन गर्न बनेपा नगरपालिकालाई पत्र पठाए पछि उनी निलम्बनमा परेका हुन् ।

अख्तियारले पत्र पठाएसँगै नगरपालिकाले कार्यबाहक वडा अध्यक्ष तोक्न आइतबार विहान ९ बजे बैठक बाेलाएको नगरपालिकाले जनाएको छ ।

लामाे समयसम्म नेपाल विद्यार्थी संघ काभ्रेका सभापति समेत रहेका बादे नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई १५ लाख घुससहित वुधवार माघ ३ गते राती ८ बजे नियन्त्रणमा लिएको थियाे । वादेलाई घुस लिइसकेको अवस्थामा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर चोक बर्गर हाउस अगाडीबाट अख्तियारले नियन्त्रणमा लिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।