बनेपा– काभ्रेमा सुशासन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला युवा समिति काभ्रेको अयोजनामा साे कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रमकाे उद्घाटन पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले एक समाराेहकाबीच गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख भण्डारीले युवा शक्ति कमजोर हुनुमा अध्ययनको कमी, इच्छाशक्तिको कमी, सिप र दक्षताको अभाव, राजनीतिक आवरणमा युवा शक्ति विभाजित हुन पुगेको बताउँदै अहिलेको परिस्थितिमा सामाजिक सञ्जालको गलत प्रयोग र नकरात्मक टिप्पणी मात्रैले समस्याहरूको समाधान हुन नसक्ने दावी गरे ।

यसैबीच कार्यक्रममा पनौती नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विनोद खत्रीले युवा शक्तिलाई पर्याप्त अवसर दिनु पर्ने नीति सरकारले ल्याउनु पर्ने बताउँदै युवालाई नेपालमै केही गरौँ भन्ने सोचको विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले नेपालबाट दिनहुँ हजारौँ युवा जनशक्ति पलाएन भैरहेको बिषयमा सबै तहका सरकारहरुले सोच्नुपर्ने बताए । युवालाई स्वरोजगार बनाउने तर्फ ध्यान दिदै यस्तो खाले कार्यक्रमहरु जिल्लामा गरिरहेको बतउँदै  उनले दशौँ हजार युवाले देश छोडेर विदेश पलायन हुनुपरेको युवा जनशक्ती कसरी देशमै राख्ने टिकाउने भन्ने बिषयमा समेत सरकारले अध्ययन गरेर दिगो योजना ल्याउनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल र बार काभ्रेका सदस्य निरोज नेपालले सुशासन बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।