मिलन दाेङ तामाङ

क्वालालम्पुर (मलेसिया)= नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । जनवरी २५ तारिख बिहिवारका दिन ग्रेण्ड कन्टिनेन्टल होटलमा सम्पन्न अधिवेशनले अर्पण मगरकाे अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । 

अधिवेशनले उपाध्यक्ष घनश्याम चौधरी (आरएन थारु), सचिव ईश्वर राई, सह-सचिव श्रष्टि सुनुवार, कोषाध्यक्ष मिलन दोङ् तामाङ, सदस्यहरुमा क्रमशः सविन लोप्चन तामाङ, जुद्दा चौधरी, सुर्या घर्ती मगर, सन्तोष थामी, यज्ञ कुमार राई, बिन्दु दर्लामी मगर, शाही कुमार तामाङ, सन्तोष राई निर्वाचित गरेकाे छ ।

कार्यक्रम आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाका कार्यवाहक अध्यक्ष घनश्याम चौधरी (आरएन) को सभापतित्व, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) नेपालका केन्द्रिय अध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यता, नेपाल आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्ष बिपिन राई लगायत मलेसियामा स्थापित नेपाली ब्यावसायी , रेमिटेन्स कम्पनीका पदाधिकारी र विभिन्न राजनीतिक, सामाजिक संघसंस्थाका अध्यक्ष, पदाधिकारी हरुको आतिथ्यता र नेपाली श्रमिकहरु को सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

इश्वर राईले संचालन गरेको उक्त अधिवेशन कार्यक्रमको संयोजन अर्पण मगरले गरेका थिए । अधिवेशन कार्यक्रमको पहिलो औपचारिक कार्यक्रमको समापन सभापति घनश्याम चौधरी (आरएन) ले घोषणा गर्नुभएको थियो । त्यस लगत्तै आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष बिपिन राईको संयोजकत्वमा दिल केरुङ लिम्बू, जीवन देवान गाउँले, सुन्दर आले सदस्य रहि निर्वाचन कमिटी गठन गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।