महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको ’मिसन उज्यालो महाभारत‘लाई अझ सशसक्त बनाएर अघि बढेका छन् । विजुलीको सहज पहुँचमा महाभारतबासीलाई पु¥याउन अध्यक्ष जिम्बा आर्थिक बर्ष २०८०÷०८१ भित्रै उज्यालो गाउँपालिका बनाउने अभियानमा लागेका हुन् ।

गाउँपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा केन्द्रीय विद्युत सेवा पुगिसकेको छ । बाँकी ३ वटा वडामा पनि छिट्टै विद्युत सेवा पु¥याउन उनी लागेका छन् । यसैक्रममा सोमबार वडा नं. १ को ४ सय ८३ घरको लागि मिटर बक्स वितरण भई निशुल्क जडान सुरु भएको र गाउँपालिकाको वडा नं. २ को फर्मको भेरीफइ हुदै र वडा नं. ८ मा फर्म भर्ने काम धमाधम भई रहेको अध्यक्ष जिम्बाले बताए ।

आफू मिसन उज्यालो महाभरत बनाउने अभियानमा झन्डै ४ बर्ष लामो समय देखि लागिपरेको र अहिले परिणाम निकाल्न कोशिस भएको जिम्बाले बताए । उज्यालो अभियानलाई विफल पार्न विभिन्न सड्यन्त्र र अवरोधलाई निस्तेज गर्दै मिसन ०८४ होइन २०८०÷०८१ म नै सम्पन्न गराउने उद्देश्य रहेको पनि उनले प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्,

’हाम्रो मिसन उज्यालो महाभारत बनाउने हो । झन्डै ३÷४बर्ष लामो समय देखि हामी निरन्तर परिणाम निकाल्ने कोशिस गरिरहेका छौं । यो अभियान विफल पार्न निकै हर्कत सडयन्त्रहरु नभएको पनि होइन, विभिन्न बाधा अवरोधहरुलाई निस्तेज पार्दै २०८४ मा होइन २०८०÷८१ मा नै सप्पन्न गराउने उद्देश्य सहित हामी अघि बढीरहेकोे छौ । फलस्वरुप हालसम्म महाभारत गाउपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ मा हामीले केन्द्रीय लाइन बालिसकेको छौं । अब अन्तिम अन्तिममा पुग्दै छौ । अब हामी आजैको दिनबाट १ नम्बर वडा मा ४८३ घरको लागि मिटरबक्स बितरन भै निशुल्क जडान कार्य शुरु भएको छ । त्यसैले छिट्टै हाउस वाइरिङ गर्नु हुन पनि अनुरोध र २ नम्बर वडाको फर्म को भेरीफाइ हुँदैछ भने ८ नम्बर को फर्म भर्ने काम धामाधाम भइरहेकै छ । हालसम्म सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्दै यो कार्य हामी सम्पन्न गराउन हामी महाभारत बासी आ–आफ्नो ठाउँबाट लाग्न अनुरोध छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।