मिलन दोङ तामाङ, मलेसिया- नेपाली जनसम्पर्क समिति मलेसियाद्वारा नेपालको भुकम्प प्रभावित जिल्ला जाजरकोटका पिडितहरुलाई नगद हस्तान्तरण गरेको छ ।

भुकम्प प्रभावित स्थानीयलाई न्यानो लताकपडा सहयोग, वितरण गर्नको लागि आर्थिक सहयोग प्रदान गरेको हो ।

नेपाली जनसम्पर्क समिति मलेसियालाई नेपाली कांग्रेस महासमिति सदस्य भेरी नगरपालिका ११ जाजरकोटका मुक्ति आचार्यले दिइएको निवेदन अनुसार जाजरकोटमा शीतलहर र जाडोले पीडित जनतालाई न्यानो कपडा वितरण गर्नको लागि जनसम्पर्क समिति मलेसियाले यहाँ  आर्थिक अभियान थालेका थिए ।

नेपालमा अत्याधिक बढेको चिसो जाडोको कारण जनजीवन प्रभावित भैइरहेको बेला न्यानो लत्ताकपडा वितरण अभियानलाई साथ दिदैँ यहाँ रहेका अग्रज नेपाली समाजसेवी अगुवाहरु संगको छलफल समन्वयमा संकलित आर्थिक सहयोग रकम मलेसियन रिंगेट ८,४५५ अर्थात नेपाली रु. २ लाख ३६ हजार ७९७ रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।

संकलन गरिएको आर्थिक रकम आज मिति सन् २०२४ जनवरी २९ तारिख सोमबारको दिन नेपाली कांग्रेस पार्टीका महासमिति सदस्य मुक्ति आचार्यको नाममा पठाइएको र सो रकमले कपडा खरिद गरि चाडैंनै वितरण गरिने जनसम्पर्क समिति मलेसियाका सभापति चोकाकान्त पंगेनीले बताए ।

कसले कति गरे आर्थिक सहयोग ?

(१) चोलाकान्त पंगेनी ✅
सभापति : नेपाली जनसम्पर्क समिति मलेसिया
आरएम : ६७०

(२) खगेन्द्र न्यौपाने ✅
उपाध्यक्ष : एनआरएनए आईसिसि
आरएम : १०००

(३) हरिप्रसाद भट्टराई ✅
आरसी (RC) : एनआरएनए एसिया प्यासिफिक
आरएम : ८८८

(४) बिनोद थापा ✅
अध्यक्ष : एनआरएनए एनसीसी मलेसिया
आरएम : ५०१

(५) दयाराम कुमाल ✅
अध्यक्ष : प्रवासी नेपाली मञ्च मलेसिया
आरएम : ५०१

(६) प्रेम पाण्डे ✅
अध्यक्ष : जनप्रगतिशिल मंच मलेसिया
आरएम : २५०

(७) नेत्र केसी ✅
सभापति : प्रवास नेपाली सम्पर्क विभाग मलेसिया
आरएम : ५०१

(८) सन्तोष कार्की ✅
अध्यक्ष : हिमालयन फुटबल क्लब मलेसिया
आरएम : ५००

(९) बिपिन राई ✅
अध्यक्ष : नेपाल आदिवासी जनजाती महासंघ मलेसिया
आरएम : ३०१

(१०) सेर बहादुर गुरुङ ✅
पुर्व अध्यक्ष : प्रवासी नेपाली मञ्च मलेसिया
आरएम : ६६६

(११) योगेन्द्र कुंवर – ✅
पुर्व अध्यक्ष : राप्रपा (पानस) मलेसिया
आरएम : ५०१

(१२) टेक बहादुर टमटा ✅
आईसीसी सदस्य : एनआरएनए
आरएम : ३२१

(१३) राकेश महतो “आरके” ✅
प्रथम उपाध्यक्ष : एनआरएनए एनसीसी मलेसिया
आरएम : ५५५

(१४) बलधोज लिम्बु ✅
कोषाध्यक्ष : एनआरएनए एनसीसी मलेसिया
आरएम : ५०१

(१५) हरिप्रसाद कोइराला ✅
महामन्त्री : नेपाली जनसम्पर्क समिति मलेसिया
आरएम : ३००

(१६) रेष्टुरेन्ट मन्डला ✅
संचालक : पासाङ तामाङ / चोलाकान्त पंगेनी
आरएम : ५००

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला