बनेपा– काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ४ स्थित त्रिवेणीचोक बस्ने सविन नेपालीको सुपरमार्केट भित्र तासजुवा खेल्ने ११ जना पक्राउ परेका छन् । मंगलबार बेलुकी ८ः४५ बजेको समयमा प्रहरीचौकी नालाका प्रहरी सहायक निरिक्षक शैलेन्द्र प्रसाद यादव र इलाका प्रहरी कार्याल्य बनेपाका प्रहरी सहायक निरिक्षक नविन घोरासाइनीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जुवातास खेल्नेहरुको साथबाट नगद रु १ लाख ८४ हजार ६ सय ४० रुपैयाँ, तीन बुक तास समेत बरामत गरेको छ । मंगलबार बेलुकी नै उनीहरुलाई इलाका प्रहरी कार्यालय बनेपामा ल्याएको प्रहरीले जानकारी दिएको छ ।
को को भए पक्राउ ?
पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं. ४ नाला बस्ने बर्ष ३० को राज कुमार दवाडी, बर्ष ३२ को राजाराम श्रेष्ठ, बर्ष ३३ को राजाराम सिग्देल, सुपरमार्केट संचालक बर्ष ३० को सबिन नेपाली, बर्ष ३५ को मुकेश बि.क., बनेपा नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३० को नुवाङ लामा, बनेपा नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३० को प्रेमकाजी श्रेष्ठ, बर्ष ४० को रोचेश श्रेष्ठ, बनेपा नगरपालिका वडा नं. १० बस्ने बर्ष ४२ को चन्द्र थापा, सिन्धुली जिल्ला तिनपाटन नगरपालिका वडा नं. ३ घर भई हाल बनेपा ३ नाला बस्ने बर्ष ३० को बिजय तामाङ, सिन्धुली जिल्ला कटुन्जे घर भई हाल भक्तपुर बस्ने बर्ष ५० को डोर बहादुर चौहान रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















