खानीखाेला- काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिकाले तामाङ समुदायकाे साँस्कृतिक पर्व सोनाम ल्हाेछारकाे उपलक्ष्यमा ३ दिन सार्वजनिक विदा दिने भएको छ । तामाङ समुदायकाे नयाँ वर्ष समेत परेकोले २८६० डुक ल्हो साेनाम ल्हाेछारकाे अवरमा माघ २६, २७ र २८ गतेका दिन सार्वजनिक विदाकाे घोषणा गरेकाे हाे ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत रामृष्ण अर्यालले एक सूचना जारी गर्दै विदाकाे घोषणाा गरेका छन् ।
सूचनामा भनिएको छ, ‘तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं नयाँ बर्ष डुक/मु पुखी ल्हो (गरुड वर्ग) मञ्जुश्री संम्वत् २८६० सोनाम ल्होसारको अवसरमा २०८० साल माघ २६, २७ र २८ गते (३ दिन) खानीखोला गाउँपालिका भित्र स्थानीय बिदा दिने गाउँ कार्यपालिकाबाट मिति २०८० / १० / २४ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
यस्तो छ सूचनाः
द
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























