तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले एकै दिन ४ वटा आयोजनाको अनुगमन गरेको छ । मंगलबार अध्यक्ष तामाङ र उपाध्यक्ष थोकरले वडा नं. ५ का विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनमा वडा नं. ५ का वडा अध्यक्ष हजारसिं लामा, गाउँपालिकाको प्राविधिक प्रमुख डम्बर बटाला लगायतका स्थानीय पुगेका थिए । सो क्रममा सानो गिम्दीबेशी रोशी खोला पुल देखि सिमल चौतारा सम्म सडक, गिम्दी पाखा च्यार्पाडाँडा नयाँ सडक, टासी दर्गेलिङ्ग गुम्बा र नयाँ साङ्ग छोईलिङ्ग गुम्बा निर्माण लगायतका योजनाहरुको अनुगमन गरिएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















