चाैंरीदेउराली- काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा ज्ञ दिने सार्वजनिक विदा दिने निर्णय गरेको छ । गत माघ २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिदाको दिन पालिका मातहतका सबै वडा कार्यालय, शैक्षिक संस्थालगायत बन्द हुने जानकारी गराइएको छ ।
२०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।
यस्ताे छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























