तेमाल-  काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकाले तामाङ समुदायकाे नयाँ वर्ष तथा महान साँस्कृतिक पर्व साेनाम ल्होछारकाे अवसरमा ३ दिन सार्वजनिक विदा दिने घोषणा गरेको छ । गाउँपालिकाकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत उज्वल लामाले एक सूजना जारी गर्दै साेकाे जानकारी दिएकाे हाे ।

गाउँ कार्य पालिकाकाे माघ १८ गते बसेकाे बैठकले साे निर्णय गरेको सूचनामा उल्लेख छ । तामाङ समुदायकाे बाहुल्यता रहेको सो गाउँपालिकामा साेनाम ल्होछार मनाउँदै आएका छन् । गाउँपालिकाले यस अघिदेखि नै सोनाम ल्हाेछारकाे अवसरमा ३ दिन सार्वजनिक विदा दिँदै आएको छ ।

लामाले जारी गरेको सूचनामा भनिएको छः ‘मञ्जुश्री संम्वत् २८६० औं सोनाम ल्होछार तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व एवं नयाँ वर्ष डुक/मु ला पुखी ल्हो (गरुड वर्ग) को उपलक्ष्यमा यस गाउँकार्यपालिकाको मिति २०८०।१०।१८ को निर्णयानुसार गाउँकार्यपालिकाको कार्यालय, गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु एवं सरकरी, गैरसरकारी, बैंक तथा वित्तीय संघ-संस्थाहरुमा मिति २०५० साल माघ २६, २७ र २८ गते सार्वजनिक बिदा दिइएको बेहोरा जानकारी गराइन्छ ।’

यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।