खानीखोला– काभ्रे जिल्लाको खानीखोला गाउँपालिकाले गाउँपालिकाको विभिन्न मूल सडक, शाखा सडक तथा सार्वजनिक स्थानहरुमा अनधिकृत रुपमा निर्माण भएको अस्थायी तथा स्थायी संरचना हटाउन ७ दिनको अल्टिमेटम दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण अर्यालले एक सूचना जारी गर्दै सोको जानकारी दिएका हुन् ।
अनधिकृत संरचना बन्दै गरेकोसम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गाउँपालिकाको ७ (सात) वटै वडाहरुले आफ्नो क्षेत्र भित्र पर्ने जग्गाको निश्चित मापदण्ड र क्षेत्र तोकी जग्गाको बर्गीकरण गरेको र गाउँपालिकाले यातायात गुरु योजना अनुसार सो संरचना हटाउन लागेको सूचनामा भनिएको छ ।
’यस गाउँपालिकाले यातायात गुरु योजना ९ःत्ःए० बनाई मिति २०८०÷०८÷०७ गते बसेको कार्यपालिका बैठक बाट स्वीकृत समेत भैसकेको हुँदा यस खानीखोला गाउँपालिका भित्र अस्थायी वा स्थायी संरचना बनाउँदा आफ्नो वडा कार्यालयबाट स्वीकृति लियर वा जानकारी गराएर मात्र बनाउनु हुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।‘ सूचनामा भनिएको छ, ’साथै कोही कसैले गाउँपालिकाले तयार गरेको यातायात गुरु योजना र जग्गाको तोकिएको मापदण्ड बिपरित बाटो अवरुद्ध गरेमा वा संरचना निर्माण गरेको भए यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र हटाउन र नहटाएमा गाउँपालिकाले नियमानुसार आफैं हटाउने भनि मिति २०८०÷१०÷२४ गते बसेको कार्यपालिका बैठकबाट निर्णय भएको हुँदा सोही बमोजिम गर्नु हुन सम्बन्धित सबैलाई यसै सूचना मार्फत जाकारी गराइन्छ ।’
यस्ताे छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























