काभ्रेको बनेपामा ४ गतेबाट शुरु भएकाे बृहत काभ्रे कृषि महोत्सवमा विभिन्न कृषि प्रविधिसहितको बीऊ विजनहरु, स्टलमा राखिएको थियाे । कृषि र कृषक स्तरका सूचनाहरूलाई र कृषकका उत्पादनहरु समेत महोत्सब राखिएको थियाे ।

सय वटा भन्दा बढी स्टलहरु काभ्रे जिल्लाको १३ वटा स्थानीय सरकारको प्रतिनिधित्व हुने गरी विविध स्थानीय पहिचान झल्कने उत्पादनहरु प्रदर्शन समेत गरिएको थियाे । जिल्लाको सबै पालिकाबाट स्थानीय उत्पादन बिउबिजन कफि, खुवा र विविध तरकारीहरू राखिएको थियाे ।

तेमालको एक मात्र सहकारीले भने अलग खालको अभियान महोत्सवमा झल्काएको छ । कृषि विशेष उत्पादनमा आत्मनिर्भर बनाउने र स्थानीय पहिचान सहितको रैथाने तथा गुणस्तरिय बालीको उत्थानको लागि यो अभियान सहित फूलबारी तरकारी बीऊ उत्पादक सहकारि लागेको छ , नेपालमा तरकारिका रैथाने बिउ र उन्नत बिउ हरूको उत्पादन र संरक्षण गर्दै केही बालिको राष्टिय उत्पादन गरि नेपालभर पुर्याउदै आएको फुलबारी तरकारी बिउ उत्पादक सहकारी तेमाल गा पा -१ अमलटारिले सो बृहत कृषि महोत्सव काभ्रेपलाञ्चोक बनेपा करूणामार्गमा सहभागि भई तेमाल र काभ्रे जिल्ला कै पहिचान सहित स्टल संचालन गरिएको थियाे ।

स्टल मध्ये गुणस्तिय नेपालि बिउको एकमात्र सहकारीको स्टल रहेको छ जिल्लाकै तरकारी बिउ र रैथाने बालिमा उत्कृष्ट प्रविधिको प्रयोग गरी उत्पादन गर्ने प्रयत्न गरिरहेछ भन्ने कुरा जिल्लाबासी हरुले जानकारी लिन पनि यो महत्वपूर्ण हो यस सँगै तेमाल बोधिचितको माला र बिरूवा समेत एक स्टल तेमालका दुई किसानले राखेका छन बोधिचित माला एक बिस्वासिय माला बिदेश निर्यात हुँदा तेमालका किसानको आय आर्जन समेत बढेको छ बोधिचित तेमालमा ब्यबसायिक रूपमा उत्पादन शुरू भएसगै तेमाल एक पहिचान सहित नेपाल र बिस्व सामु चिनिन पुगेको छ  ।

देशमा आयातित बिउलाई मात्र बिउ मान्ने अबस्थामा देशका ब्यबसायिक किसान पुगेका छन यस बेलामा उक्त स्थानिय बिउले पनि उत्पादन दिने र कुनै बेला बर्णशंकर बिउले धोका दिने हुदा स्थानिय जातलाई सुधार गरि उन्नत बनाउदै जादा नेपाली किसानले रोजगार समेत पाउने र बिदेशिने रकम समेत बचावट हुने कारणले सरकार तथा निजि क्षेत्रको लगानिमा तरकारी बिउ स्थानीय जात उत्पादन र संरक्षण गर्दै आयातित बिउहरूको समेत नेपालमै परिक्षण गरि उत्पादन गर्ने लक्ष्य साथ हाल काउलिको बर्णशंकर बिउ उत्पादन तेमालमै यस सहकारिले परिक्षण उत्पादन शुरू गरेको छ ।

यसरी काम गरिरहदा पनि सरकार र स्थानिय तहले कुनै प्रोत्साहन र सहयोग तरकारी बिउ उत्पादनमा सहकारीले पाएको छैन । जिल्लाको पहिचान र मागमा आधारित तरकारी र केहि खाध्य बालिको बिउ उत्पादनमा यस सस्था उच्च स्थानमा रहेको छ । यस महोत्सब बाट सहकारीले अध्ययन गरेका नयाँ कुरामा हाल नेपाली कुषका सन्तानले फोटोबिनाका केही बिउ स्टलमा बिउ यस्तो हुन्छ र भन्ने ब्यत्ति धेरै रहेका देखियो भने स्थानीय बिउको काभ्रेमा पनि यति धेरै उत्पादन हुन्छ र ?भन्ने किसान र स्टल निरिक्षण गर्ने बाट कुरा गरियो । महोत्सवमा उपस्थिति भएका प्रदेश कृषि मन्त्रि बाट पनि केहि सुझाब र चासो राखिएको छ यस महोत्सबमा स्टल राख्ने तेमाल गापा कृषि शाखा कुलदिप पहाडि नियमित महोत्सबमा खटिरहनु भएको भने तेमाल गापा अध्यक्ष र उपाध्यक्षले अनुगमन गरि सल्लाह सुझाब दिनु भएको छ साथै नेपालमा कृषि क्षेत्रमा लामो समय देखि कृषिका प्रबिधि बिस्तार र उत्पादन क्षेत्रमा कार्यरत बाताबरण तथा कृषि निति अनुसन्धान प्रसार एवं बिकास केन्द्र सिप्रेडले सुचना र कृषि प्रबिधिका बारेमा पुस्तक र बिभिन्न उत्पादन बारेका शिप हस्तान्तरण गरि महोत्सबको आकर्षण बढेको थियो नेपालमा कृषि क्षेत्रका किसानका लागि हतोत्साहित हुदा हौसला दिई किसानको उत्पादित सामग्रीलाई सरकारले नै व्यवस्थापन र बजारीकरण गर्न सके मात्रै आगामि दिनमा कृषि क्षेत्रमासुधार हुन सक्छ ।

नीतिगत क्षेत्र र कानुनी कुरा लाई सहज बनाउन सरकारले उत्पादन र किसानमुखि योजना बनाउन कृषि विकास अनुसन्धान मार्फत आगाडी बढाउनु जरुरी छ । कृषि जन्य उत्पादनको लागि प्राङ्गारिक मल पुरानो कृषि प्रविधि र खाद्य बालीको संरक्षण र नयाँ प्रविधि लाई समय मै प्रयोग गरी कृषक स्तर सम्म जोडने कामलाई महोत्सवले सहयोग गर्ने छ सकारात्मक प्रभाव पारेको बताएका छन् ।

कृषि तथा पशुपालन क्षत्रको प्रचार गरी स्थानीय किसानलाई संयोजन गरी भावी दिनमा किसानको समस्या र सामाधानको कुरालाई महोत्सवले थप छलफलको विषय बनेको निरीक्षक, सहभागी र आयोजकले जनाएको छ । महोत्सब आज बेलुका समापन हुदै छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।