तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९, पालुघाटमा नवनिर्मित नव निर्मित गुरु पद्म सम्भव (गुरु रिन्पोछे) को प्रतिमा प्राण–प्रतिष्ठा (राब्ने) तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सोमबार (आज) पूर्व उर्जा राज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङ (लालध्वज) ले एक समारोहका बीच उद्घाटन गरेका थिए ।

गुरु पद्म सम्भव (गुरु रिन्पोछे) को प्रतिमा प्राण–प्रतिष्ठा (राब्ने) भने धर्मदेशना श्रद्धेय धर्मगुरू देफुक रिन्पोछेले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले गुरु पद्म सम्भव (गुरु रिन्पोछे)को प्रतिमा निर्माणले धार्मिक विस्वासलाई अझ प्रगाढ बनाउने कार्य भएको बताउँदै समाजलाई नै अनुशासित बनाउने बताए । आफूहरुले निर्वाचनको क्रममा जनतासँग गरेका बाचा अनुसार सो प्रतिमा निर्माण गरेको बताउँदै अब पनि जनताको आवश्यकता र माग अनुसार आफूहरु लाग्ने बताए ।

यसैबीच कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दलमान थोकर, वडा अध्यक्ष चन्द्रबहादुर लामाले सम्बोधन गरेका थिए ।

सो प्रतिमा निर्माणका लागि आर्थिक वर्ष २०७९÷८० मा वडा कार्यालयबाट १० लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । कार्यक्रममा स्थानीयहरुको बाग्लो सहभागीता थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।