रोशी- काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थित अमलबासमा प्रदेश सभा सदस्य तथा पूर्व खेलकुद मन्त्री रत्न ढकालले “एक घर एक धारा’ उद्घान गरेका छन् ।  ह्याङ्ला अमलवास खानेपानी उपभोक्ता समितिद्वारा निर्माण गरेको एक घर एक धाराकाे साेमबार सांसद ढकालले उद्घाटन गरेका हुन् ।

सांसद ढकाल, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिमबहादुर वाईबाले रिबन काटेर उद्धघाटन गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद ढकालले यस भेगका स्थानीयको बर्षौको सपना पुरा भएको बताउँदै अमलबासको स्थानीयको २०७७ सालदेखिको स्वच्छ खानेपानी पिउने सपना बल्ल पुरा भएको बताए । बागमती प्रदेश सरकारको पहिलो प्राथमिकता भनेको जनतालाई स्वच्छ खानेपानी भएको बताउदै अबको बिकास भनेको गाउँ-गाउँमा बाटो र घर घरमा धारा हुनुपर्ने ढकालले बताए ।

सरकारले गाउँ-गाउँमा बिकासका लागि लगानी गरेको तर गाउँ भने रित्तिदै गएको सांसद ढकालले बताए । नागरिकलाई गाउँमै बस्न अनुरोध गर्दै उनले हिजोको भन्दा आज गाउँमा धेरै बिकास भैरहेको उनको भनाई छ । संघीयताले के गर्यो भन्नेहरूलाई गाउँ-गाउँमा पुगेर बिकास हेर्न चुनौती पनि दिए ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले स्थानीय सरकारले सबै बिकास निर्माणको काम गर्न नसकिने भएकाले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार मिलेर बिकास गरे नेपाल समृद्ध बन्नेमा जोड दिए । गाउँपालिकामा सिमित स्रोत हुने तर नागरिकहरूको माग बढी हुने हुनाले संघ सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई बिशेष रुपमा हेर्नुपर्ने लामाले बताए ।

गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले स्थानीय सरकार घर-आँगनको सरकार भएकाले नागरिकको समस्या हल गर्नको लागि सक्दो कोशिस गरिरहेको बताए । जनताको समस्या समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको पनि उनले जानकारी दिए ।

कार्यक्रममा रोशी-११ का वडाध्यक्ष लालकुमार पाख्रिनले बिकासका लागि वडाले सक्ने काम वडाले गर्ने र नसकेको काम गाउँपालिका, प्रदेश र संघमा पहल गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए ।
सो ह्याङ्ला अमलवास खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय समाजसेवी समाजसेवी, राजनीतिक दलका प्रतिनिधहरू र स्थानीयहरूको उपस्थिती रहेका थिए ।

२०७७ सालमा शुरु भएको खानेपानी आयोजना तीन बर्षपछि सम्पन्न भएको हो । खानेपानी आयोजनाको लागि बागमती प्रदेशबाट बरिब ६२ लाख, लोककल्याणकारी संस्थाबाछ करिब ३१ लाख र स्थानीयबाट ८ लाख ५० हजार गरी करिब एक करोड २ लाख खर्च भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।