धुलिखेल- जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुखकाे रुपमा प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का आएकी छिन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, प्रहरी शाखा, पुल्चोकबाट सरूवा भएर बुधवारबाट खड्काले जिम्मेवारी सम्हालेकी हुन् ।

प्रहरी उपरीक्षक (एसपी) भाग्येन्द्र पुरुष ढकाललाई प्रहरी प्रधान कार्यालयले साईबर ब्यूरो अपराध अनुसन्धान शाखा, भोटाहिटीमा सरुवा गरेपछि खडका प्रहरी प्रमुख भएर काभ्रेमा आईपुगेकी हुन ।

बुधवार मात्र जिम्मेवारी सम्हालेकी बसुन्धराले काभ्रे प्रहरी प्रमुख हुनुमा अवसर र चुनौति दुवै भएको बताइन। एसपी खडका भन्छिन, ‘चुनौतिलाई अवसरमा परिणत गर्न सकेमात्र सफल भइन्छ। त्यही अनुरुप नै काम गर्ने छु।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।