धुलिखेल- धुलिखेल–खावा सडक विस्तारमा भैरहेको ढिलाई प्रति ध्यानाकर्षण गराउने भन्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक प्रमुख दिपक कुमार गौतमले आमरण अनसन शुरु गरेका छन् । आजदेखि प्रमुख गौतमले आमरण अनसन शुरु गरेका हुन् ।

धुलिखेलदेखि खावासम्मको जम्मा ४ किलो मिटर सडक विस्तारको काम सम्झौता अवधि यही चैत १९ गते सकिदैँछ । २०७९ जेठ २० गते सम्झौता भएको थियो । भ्याट र पी एस बाहेक २० करोड, १९ लाख, ४६ हजार, ५०१.२१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यो सडक १४ मिटर चौडाई मध्ये ११ मिटर कालोपत्रे हुनेछ ।

यो सडकको काममा भैरहेका ढिला सुस्तीलाई लिएर जिसस प्रमुख गौतमले यसअघि पनि पटक पटक जिल्ला तहमा छलफल, अन्तरक्रिया गर्दै आएका छन् ।

तर निर्माण कम्पनी गौरी पार्वती निर्माण सोव प्रा.लिले नै सडक विस्तारमा अवरोध गरेपछि तोकिएको समयमा काम पुरा नहुने भएको हो । सम्झौता मिति सकिन जम्माजम्मी एक महिना मात्रै बाँकी हुँदा एक तिहाई समेत काम सम्पन्न भएको छैन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।