पनाैती- अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) काभ्रे जिल्ला समितिको आयोजनामा काभ्रे जिल्लाकाे पनाैतीमा लघुवित्त पीडितहरूका समस्या र समधान विषयक एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समितिको सचिवालय सदस्य एवं काभ्रे जिल्लाको सचिव दैवलाल घिसिङ(अनुशील)को प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न भएको हाे ।

कार्यक्रमलाई सम्वाेधन गर्दै सचिव घिसिङले प्रया:जसो लघुवित्त संस्थाहरूले अति मुनाफा केन्द्रित भएर मुनाफाका लागि अति विपन्न किसान,मजदुर र महिलाहरूलाई सुलभ ढंगले ऋण उपलब्ध गर्ने नाममा चर्को चक्रवृद्धि ब्याज र अनावश्यक हर्जनाको कारण ऋणी किसान,मजदुर र महिलाहरू गम्भीर समस्यामा परेको दावी गरे । यसले ग्रामीण भेकका र शहर बजारका विपन्न गर्व किसान, मजदुर र महिलाहरू ठूलो समस्यामा परेको बताउँदै उनले उनीहरूले सामान्य लघु उद्यम, घरेलु उद्योग र घरायसी एवं सामाजिक कार्यको लागि ऋण लिने गरेको बताए ।

‘एकातिर लघुवित्तको चर्को चक्रवृद्धि ब्याज र अनावश्यक हर्जना अर्कोतिर  किसानहरुले  उत्पादन गरेको उत्पादित वस्तुको गुणस्तरीयता र उचित बजारको अभावको कारण लघुवित्तको ऋणीहरू झन ऋणमा डुबेका छन्। कतिपय ऋणीहरुले लघुवित्तबाट ऋण लिएर अनउत्पादक क्षेत्र सामाजिक कार्यहरुमा खर्च गर्दा समस्यामा परेका छन्।’ उनले भने, ‘लघुवित्तका ऋणीहरू थोरै मात्रै व्यवसायी रुपमा सफल भए पनि धेरै ऋणीहरू समस्यामा परेका बताउनु भयो। यसरी लघुवित्तको ऋणको कारण ऋणीहरूको पारिवारिक द्वन्द र लघुवित्तका कर्मचारीहरूले ऋणीहरू दिएको अनावश्यक दबाबको ऋणीहरूको समाजमा हुर्मत लिएको कारण सामाजिक रूपमा पनि ठूलो द्वन्द्व पैदल भएको र कतिपय ऋणीहरू आत्महत्या गर्नसम्म पुगेका छन्। यो लघुवित्तको ऋणीहरूको समस्या ठूलो आर्थिक,सामाजिक र पारिवारिक समस्या बन्दै गएको प्रमुख अतिथि घिसिङले बतानु भयो । यो समस्या समधान गर्न समुदायको विपन्न वर्गको किसान,मजदुर र महिलाहरू वित्तीय साक्षरता अभिमुखिकरणको आवश्यकता र राज्यको तर्फबाट लघुवित्तय संस्थाहरूलाई अनाधिकृत ढंगले सेवा प्रवाहको नाममा विपन्न वर्गलाई झन विपन्न बनाउने क्रम रोक्नु पर्ने, संस्थाहरूलाई कडा नियमण गर्नुपर्ने कानुनको कडा परिपालन गर्ने र मिटरब्याजीहरूलाई जस्तै पीडकहरूलाई कानुन दायरामा ल्याउनुपर्छ ।’ 

कार्यक्रममा अतिथि किसान महासंघको केन्द्रीय सदस्यहरू हरि तिमल्सिना र झलक लामिछानेले लघुवित्त पीडितहरूको समस्या समधान गर्न किसान महासंघले पहल लिने प्रतिबद्धता जाहेर गरे ।  कार्यक्रममा उपस्थित लघुवित्त पीडितहरूले आफूहरू लघुवित्तको चर्को चक्रवृद्धि ब्याज र अनावश्यक हर्जनाको मारमा परेर समस्यामा परेको बताए। यो समस्याबाट पीडितहरू मुक्त गर्न किसान महासंघलाई सहयोग गर्न अपिल पनि गरेका थिए। अन्तरक्रिया कार्यक्रमको सभाध्यक्षता किसान महासंघ जिल्ला अध्यक्ष शिवप्रसाद ढकालले गरेका थिए भने सञ्चालन जिल्ला सचिव बोधनाथ तिमल्सिना(कुमार) ले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।